May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

मेगाको दोस्रो त्रैमासमा ३० प्रतिशत मुनाफामा बृद्धि

मेगाको दोस्रो त्रैमासमा ३० प्रतिशत मुनाफामा बृद्धि

माघ २९, काठमाडौँ ।
मेगा बैंक नेपाल लिमिटेडले आफनो दोस्रो वित्तिय विवरण सार्बजनिक गरेको छ् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैयाँ खुद मु–नाफा कमाएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ७३ करोड २० लाख मात्र मु–नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ३० प्रतिशत मु–नाफा बढी कमाएको हो ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि गरी ८४ अर्ब ६३ करोड रुपैयाँ पुगाएको हो , जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत भन्दा बढी हो ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि गरी ७८ अर्ब ११ करोड कायम गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत भन्दा बढी हो ।
हाल मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।