April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

भारतीय पर्यटकको मुत्यु भएको पानोरोमा होटललाई सरकारले ग¥यो बन्द

भारतीय पर्यटकको मुत्यु भएको पानोरोमा होटललाई सरकारले ग¥यो बन्द

माघ २९, काठमाडौँ ।
माघ ६ गते मकवानपुरको थाहा नगरपालिका सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना भारतीय पर्यटकको मृत्यु भयो । यसरी कोठामै निसासिएर मृत्यु भएको उक्त होटललाई सरकारले निलम्बन गरेको छ । तीन महिनाका लागि रिसोर्ट सञ्चालन गर्न नपाउने गरी संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरिको छ । कोठामै बेहोस भइ मृत्यु भएपछि हाललाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । सरकारले गरेको छानबिनका आधारमा रिसोर्ट निलम्बनमा परेको हो ।
कम्पनि रजिस्ट्रारको कार्यालय स्थानीय तहमा रिसोर्ट सञ्चालनका लागि दर्ता गरे पनि पर्यटन विभागमा दर्ता नगरेकाले निलम्बन गरिएको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए । उनका अनुसार तीन महिनाभित्र विभागमा दर्ता भएपछि मात्रै रिसोर्ट पुनःसञ्चालनमा आउनसक्ने छ ।