May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

चितवनको खैरहनीमा सनराइजको ४८ औं शाखा

चितवनको खैरहनीमा सनराइजको ४८ औं शाखा

माघ २९, काठमाडौं ।
सनराइज बैंक लिमिटेडले ४८ औं शाखारहित सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको खैरहनी नगरपालिका–१३ स्थित गवैमा सञ्चालनमा ल्याएको छ । सेवाको उद्घाटन खैरहनी नगरपालिका उपप्रमुख सुनिता खरेल थपलियाले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न राजनिती दलका प्रतिनिधी, सर्बसाधारण, बुद्धिजिबी, व्यापारी तथा बैंकका कर्मचारीको उपस्थित रहेको थियो ।
कार्यक्रममा उनले सो बैंकिङ सेवाका प्रतिनिधी ध्रुव कुमार बस्नेत लाई पोइन्ट अफ सेल मेशिन हस्तान्तरण गर्नुभयो । मेशिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएका ठाँउबाट समेत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने छ ।
बैंकका हाल देशभर १३० ओटा शाखा, ४८ ओटा शाखारहित सेवा, ८ ओटा एक्स्टेन्शन काउन्टर र १५२ ओटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले आफनो सामाजिक उत्तरदायीत्व अन्र्तगत विभिन्न कार्य गर्दै आईरहेको छ् ।