May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

एल्लो प्यागोडा र सिटिजन्स बैंक बिच सहकार्य

एल्लो प्यागोडा र सिटिजन्स बैंक बिच सहकार्य

माघ २९, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एल्लो प्यागोडा होटेल बिच व्यावसायिक सहकार्य गर्ने समझैता भएको छ । बैंकका ग्राहकलाई होटेलकोे सेवा शुल्कमा विशेष छूट दिन बैंकले होटलसँग सहकार्य गर्ने समझदारी गरेको छ । समझदारी अनुसार बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज मध्ये कुनै पनि कार्डवाहकले होटेलको काठमाडौं तथा पोखरास्थित शाखामा सेवा लिँदा विशेष छूट पाउनेछन् ।
नेपाल राष्ट्र बैंकको बाट ‘क’ वर्गको मान्यता पाएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्थापना २०६४ सालमा भएको थियो । केन्द्रिय कार्यलय नारायरहिटी पथ काठमाडौंमा रहेको छ ।