May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

ग्राहक लुट्दै डान्स बारः यसरी ठगिन्छन् ग्राहक

ग्राहक लुट्दै डान्स बारः यसरी ठगिन्छन् ग्राहक

०१ फागुन, २०७६, काठमाण्डौ ।
सामान्यतया, उपत्यकाको सुविधायुक्त महंगो रेष्टुरेण्टमा एउटा फ्रुटी तथा रियल जुसको मूल्य ५० रुपियाँ पर्छ। एक वोतल मिनरल वाटरको ५० रुपियाँ पर्छ । तर डान्स र डिस्कोमा भने चर्को मूल्य
असुलेर खुले आम लुटिन्छ ग्राहकहरुलाइ ।
वजारमा २० देखि २५ रुपियाँमा खरिद गर्न सकिने पेय पदार्थहरु यस्ता रेष्टुरेण्टहरुमा पाँच गुणा बढी महंगो हुने गरेका छन् । कर दायरामा समेत नसमेटिएका यस्ता रेष्टुरेण्टहरुले ग्राहकको जानकारीका लागि ‘मेनु’को ब्यवस्था पनि गर्दैनन् । त्यसमाथि १० प्रतिशत ‘सर्भिस’ चार्ज पनि काट्छन् ।

पाँच तारे होटलमा नभएको मूल्य राखेर मनोरञ्जनका नाममा सर्वसाधारणलाई लुट्ने लुटेरा रेष्टुरेण्ट सञ्चालकहरुलाई कारवाही गर्न थालेको प्रहरीले बताउदै आइरहेको छ । निकै चर्को मूल्य लिएर ग्राहक ठग्ने गरेका थुप्रै घटना सार्वजनिक हुने गरे पनि ठगीमा परेका सबैजना उजुरी दिन प्रहरीसम्म नपुग्ने भएकाले प्रहरीले सबै घटनामा कारबाही भने गर्न सकेको छैन ।
सरकारले बाटो र ठाँउको अबस्था हेरी तोकिएको मूल्यमा २५ प्रतिशत भन्दा बढी नाफा राखेर व्यापार गरेकालाई नेपालको कानूनले कालोबजारी गरेको मान्छ । रात्री कालिन व्यवसायीको नाममा सञ्चालनमा आएका डान्स, डिस्को र लाउन्चबारमा व्यापक रुपमा मैलाएको कालो बजारीलाई सरकारले अनुगमन नगर्दा विकृती मौलाएको जानकारहरु बताउँछन् ।
प्रहरीका अनुसार डान्स बारले ठगीका लागि पहिलो निशाना विदेशबाट फर्किएका नेपालीलाई बनाउने गरेका छन् । त्यसपछि उनीहरूको निशानामा भारतीय पर्यटक पर्ने गरेका छन् । पहिचान भएलगत्तै बारका कर्मचारी उनीहरू नजिक पर्छन् । अनेक प्रलोभन दिएर बार छिराउँछन् । युवतीसँगै सोफामा बसाउँछन् । मदिरा र मासु अर्डर गराउँछन् । अनि भारी बिल बनाएर उनीहरूलाई थमाउँछन् । त्यस्तो भारी रकम तिर्न नमान्दा रामधुलाइ गर्न पनि पछि पर्दैनन् बार सञ्चालकहरु । अन्ततः साथमा भएको नगदमात्र नभइ, सिक्री, मोवाइल, पर्स, जे–जति छ सबै धितो राखेर वाहिरिनु पर्ने हुन्छ ।
रेष्टुरेन्टको मेन्यूलाई समेत अत्यधिक मँहगो दर भाउ राखी रेष्टुरेन्ट व्यवसायीले कालोबजारी गर्दै आएका हुन् । पाँच तारे होटल र बसपार्कमा यस्ता ग्राहक खोज्ने बारका सञ्चालकले दलालको प्रयोग गर्दै आएका छन् । रेष्टुरेन्ट सञ्चालकको मिलोमतोमा लुटिएको ग्राहकबाट यस्ता दलालले ४० प्रतिशत कमिशन पाउँछन् । धेरै रकमको बिल तिराउन बारका डान्सरहरुको समेत हात हुन्छ ।
डान्स बारबाट हुने ठगीका घटना पछिल्ला दिन बढेका छन् । नियन्त्रण गर्न प्रहरीले विभिन्न अपरेसन सञ्चालन गरेको छ । तर त्यती हुँदापनि ग्राहक भने ठगीन छोडेका छैनन् ।