June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

बसको ठक्करले नायिका महिमा सिलवाल र बहिनीको मृत्यु

बसको ठक्करले नायिका महिमा सिलवाल र बहिनीको मृत्यु

काठमाडौं- सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालको मृत्यु भएको छ ।काठमाडौंबाट चितवन जानेक्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनकी बहिनी सर्मिलाको पनि ज्यान गएको छ ।दिदी महिमाको घटनास्थलमै र बहिनीको उपचारका लागि काठमाडौं ल्याउनेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् ।