April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

हिमालयन बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम नियुक्त

हिमालयन बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम नियुक्त

०१ फागुन, २०७६, काठमाण्डौ ।

हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद गौतम नियुक्त भएका छन् । बैंकको हिजो २७ औँ वार्षिक साधारण सभाको अवसरमा सञ्चालक समितिको बैठकले गौतमलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
त्यस्तै सभाबाट संस्थापक सेयरधनिका सुनिलबहादुर थापा, आशिष शर्मा, फैसल लालानी, प्रचण्डबहादुर श्रेष्ठ र तुलसि प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा नियुक्त गरेको हो । सञ्चालक पदको निर्वाचनका लागि यी पाँच जनाको मात्रै उम्मेदवारी परेकाले सभाले निर्विरोध चयन गरेको हो ।
बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर स्वामित्व रहेको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन निर्देशन दिइसकेको छ ।