खल्ती र एनआईसी एसिया बिच सम्झौता

खल्ती र एनआईसी एसिया बिच सम्झौता

०१ फागुन, २०७६, काठमाण्डौ ।
एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरूले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लेट फर्ममा उपलब्ध सबै प्रकारका सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् ।
एनआईसी एसिया बैंकका तर्फबाट सिईओ रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथली स्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको छ ।