April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कुमारी बैंकको फूड फर लाईफ नेपाललाई ५ लाख सहयोग

कुमारी बैंकको फूड फर लाईफ नेपाललाई ५ लाख सहयोग

०१ फागुन, २०७६, काठमाण्डौ ।
कुमारी बैंक लिमिटेडले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूड फर लाईफ नेपाल लाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । फुड फर लाईफ नेपाल एक गैरसरकारी, परोपकारी संस्था हो । उक्त संस्थाले आर्थिक स्थिती कमजोर भएका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजन गराउदै आएको छ ।
पर्याप्त पोषणको कमिमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्ने उद्देश्यले बैंकले सो सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोह माझ चेक हस्तान्तरण गरेकी थिईन् ।
कुमारी बैंकका हाल देशव्यापी १२६ शाखा संजाल, ११७ एटिएम ,६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग सेवा रहेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्य गर्दै आईरहेको छ ।