April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रहरी जवानले आफैंलाई हाने गोली

प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रहरी जवानले आफैंलाई हाने गोली

०२ फागुन, २०७६, काठमाण्डौ ।
आज माया गर्ने मायालुको दिन अर्थात् प्रेमदिवस । त्यहि माया गर्छु भनेर सहकर्मी सँग प्रेम प्रस्ताव राख्दा सहकर्मीले प्रस्ताव अस्वीकार गरेपछी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । गोली हान्नेमा महोत्तरीका प्रहरी जवान २२ वर्षीय चन्द्र किशोर रायल हेका छन् ।
शुक्रबार बिहान चन्द्रकिशोरले ड्यूटीमा रहेकी महिला प्रहरीलाई प्रेमप्रस्ताव राखेका थिए । उनले प्रस्ताव अस्विकार गर्दा उनको राइफल खोसेर आफ्नै दाहीने कोखामा गोली हानेका हुन् ।
गोली लागि सख्त घाइते भएका प्रहरी रायलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्सबाट काठमाडौं ल्याइएको छ ।
आज प्रेम दिवस भएका कारणले उनले डिउटीमा रहेकी महिला लाई प्रेम प्रस्ताब राखेका थिए । महिलाले प्रेम प्रस्ताब अस्वीकार गरेपछी दुई बिच केही वादविवाद भएको थियो ।