April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला आजदेखि, विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि

भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला आजदेखि, विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि

०२ फागुन, २०७६, काठमाण्डौ
कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको ‘बृहत् क्यान इन्फोटेक मेला–२०२०’ आज देखि सुरु हुदैछ । सूचना प्रविधिसम्बन्धी प्रदर्शनी गरिने उक्त मेला भृकुटीमण्डपमा आज बाट सुरु भएर फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।
महासंघले हरेक वर्ष क्यान इन्फोटेक मेला आयोजना गर्दै आइरहेको छ । सम्मेलनको यो २६ औं संस्करणको उक्त मेलामा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी कला तथा उपकरण प्रदर्शन गरिने भएको छ । साथै मेलामा इनोभेशन एक्स्पोजर मुख्य आकर्षणको रूपमा रहने छ । इनोभेशन एक्स्पोजर अन्तर्गत स्टार्टअप र इनोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो नयाँ प्रडक्ट र आइडियाको प्रदर्शन गरिने महासंघले जनाएको छ ।
उक्त मेलामा इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन र सीसीटीभीको प्रदर्शनी मेलामा गरिनेछ । त्यसैगरी हार्ड्डिस्क, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुशन लगायत उत्पादन पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

क्यान इन्फोटेक २०२० को एशोसिएट स्पोन्सरमा वल्र्ड्िलंक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् भने डायमण्ड स्पोन्सरमा भायानेट कम्युनिकेसन्स रहेको छ ।
प्रदर्शनीलाई सफल वनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल मोबाइल डिष्ट्रिब्युटर्स एशोसिएशन, एशोसियसन अफ इन्जिनियरिङ्ग कलेज सहयोग गरेका छन ।
प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो योजना अनुरुप क्यान महासंघले इन्नोभेशन एक्स्पोजर लाई बिशेष प्राथमिकतामा राखेको हो।
यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ । खेलमा उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित रु १ लाख नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।
क्यान इन्फोटेकको यो संस्करणको प्रबेश शुल्क रु १०० राखिएको छ, बिधार्थीहरुले ५० प्रतिशत छुट पाउने छन । भने, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका बिधार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिहरुले निशुल्क प्रवेश पाउन सक्नेछन ।