May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

०२ फागुन, २०७६, काठमाण्डौ ।
रुपन्देही घर भएका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको हो ।
उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वा्चित भएर विसं २०४६ को जनआन्दोलनदेखिसक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उनको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको बताइएको छ ।