चलचित्र महोत्सवमा ४० देशका ८० फिल्म प्रर्दशन गरिदै

चलचित्र महोत्सवमा ४० देशका ८० फिल्म प्रर्दशन गरिदै

०२ फागुन, २०७६, काठमाण्डौ ।
नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ) को यात्रा बिहिबार देखि सुरु भएको छ । बिहिबार सभामुख अग्निप्रसाद सापकोटाले महोत्सवको उद्घघाटन गरका छन् । तेस्रो संस्करणको उक्त महोत्सव ५दिन सम्म सञ्चालन हुनेछ । उक्त महोत्सवमा विश्वभरका ४० मुलुकका ८० फिल्म प्रर्दशनी गरिने भएको छ ।
महोत्सवमा वलिउडका लोकप्रिय चलचित्र निर्देशक प्रकाश झा सहित बिभिन्न देशबाट चलचित्र कर्मी नेपाल आएका छन् । विहीबार राजधानीको राष्टिय सभागृहममा महोत्सवको उद्घघाटन गर्दै सभामुख सापकोटाले सांस्कृतिक पहिचानको मुख्यमाध्यम चलचित्रक भएकोले अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव जीवन्त र सजीव अन्तक्र्रियाको थलो हुने गरेको बताए ।
उद्घघाटन समारोहका विशेष अतिथिको रुपमा रहेका वलिउड निर्देशक प्रकाश झाले आफु पहिलो पटक नेपाल आउन पाउदा खुसी व्यक्त गर्दै फिल्म फेस्टिभल कलाको महत्वपुर्ण मेला रहेको उल्लेख गरे । साथै उनले फिल्ममा सहभागी चलचित्रमध्येबाट आफूसहितको निर्णायक समितिले उत्कृष्ट सिनेमा चयन गर्ने र महोत्सवमा विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट चलचित्र हेर्न पाउने विश्वास लिएको जनाएका छन् ।
त्यस्तै महोत्सवका अध्यक्ष केपी पाठकले गत बर्ष भन्दा यस वर्ष प्रर्दशनिका लागि फिल्म बढेको बताएका छन् । गत बर्ष प्रर्दशनको लागि ६० फिल्म छानिएका थिए तर यस वर्ष बढेर ४० देशका ८० फिल्म पुगेका छन् । उनले उक्त महोत्सव राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा चल्ने जनाएका छन् ।
महोत्सवका सल्लाहकार एवं अग्रज चलचित्रकर्मी नीर शाहले संसारभरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको बताएका छन् । उनले कलात्मक चलचित्रले अरु चलचित्रको चुनौती खेपिरहेको छ । त्यस्ता नन् एक्सप्रेसिभ सिनेमालाई एक्लै लडेर जित्न नसकिने हुनाले सामूहिक रूपमा लड्नको लागि यो महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे ।