एभरेष्ट बैंकद्धारा काठमाडौं महानगरपालिकालाई अपाङ्घमैत्री शौचालय हस्तान्तरण

एभरेष्ट बैंकद्धारा काठमाडौं महानगरपालिकालाई अपाङ्घमैत्री शौचालय हस्तान्तरण

०२ फागुन ।
एभरेष्ट बैंक लिमिटेडले बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन गरेको छ । भ्रमण वर्षलाई सहयोग पु¥याउने उदेश्यसहित उक्त शौचालय काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको हो ।
बैंकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ र बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रूपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष राम कुमार केसीलाई उक्र शौचालय हस्तान्तरण गरका हुन् ।
साथै बैकले स्थानीय साथसाथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास सहित सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत सहयोग गरेको छ ।
बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ ।