माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्धा नचलाउनुको कारण माग

माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्धा नचलाउनुको कारण माग

०२ फागुन, काठमाण्डौ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नचलाएको सम्बन्धमा सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ माग गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियारसँग माग गरेको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार (माघ २९) गते सर्वोच्च अदालतमा रिट दायर गर्दै बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवादी बनाउनका लागि आदेश जारी गर्न मागदावी गरेका थिए ।
वरिष्ठ अधिवक्ता न्यौपानेले बालुवाटारको सरकारी जग्गालाई नक्कली मोही खडा गरी व्यक्तिका नाममा नामसारी गर्ने कार्य कुनै पनि हालतमा ‘नीतिगत निर्णय’ हुननसक्ने दाबी गरेका छन् ।