पर्यटन बर्षलाई भारतको अर्को घेराबन्दीः आउदा इ-रिक्सा फर्कदा प्लेन

पर्यटन बर्षलाई भारतको अर्को घेराबन्दीः आउदा इ-रिक्सा फर्कदा प्लेन

३ फागुन, काठमाडौं ।
नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाइरहँदा पर्यटन क्षेत्रले एकपछि अर्को अप्रत्यासित दुर्घटना बेहोर्नु परिरहेको छ । त्यही दुर्घटनामा भारत सरकारले अर्के नीतिगत निणर्य गर्दे नुनचुक छर्कर्ने काम गरेको छ । चीनमा देखिएको कोरोना भाइरसको संकट तथा भारतीय पर्यटकको मृत्युले त्रसित नेपाली पर्यटन क्षेत्र भारतको पछिल्लो नीतिले झनै प्रभावित बन्ने देखिएको छ । हुनत भारत सरकार नेपालको पर्यटन बर्षलाई समर्थन गर्ने पक्षमा शुरु देखिनै छैन् । यसको संकेत भारतले विभिन्न समयमा देखाउँदै आएको छ । त्यसैपनि नेपालको पानी र पर्यटन देखि सर्तक भएको भारत पछिल्लो समय जसरी पनी नेपाल प्रति कठोर नीति अवलम्बन गर्दे आएको छ ।
पछिल्लो समय भारत सरकारले स्थलमार्ग हुँदै नेपाल आउने विदेशीप्रति कठोर नीति ल्याएको छ । भारत हुँदै नेपाल आउने विदेशीमाथि कडाई गरेको छ । यो उस्को नेपाल प्रतिको घुमाउँरो नाकाबन्दी नै हो । यसै हप्तादेखि लागू भएको नयाँ नीतिअनुसार भारत सरकारको अध्यागमन विभागले ई–भिसा लिएर भारत हुँदै नेपाल घुम्न जाने विदेशी पर्यटकलाई आफ्नो नाकाबाट नेपाल प्रस्थान गर्न अनुमति दिने तर उसलाई त्यही नाकाबाट भारत प्रवेश गर्न बन्देज लगाउँने गरेको छ ।
भारतको नीतिअनुसार अब ई–भिसा लिएर आउने विदेशी पर्यटकहरू स्थलमार्गबाट नेपाल प्रवेश गरे उनीहरू फिर्ता जाँदा काठमाडौं पुगेर हवाई माध्यमबाट गन्तव्यतर्फ जानुपर्ने हुन्छ । भारत सरकारले ल्याएको नयाँ नियमसँगै भारतीय पर्यटनको नेपाल आगमन क्रमश स्थगित हुदै गएको छ ।
प्रवेशाज्ञासम्बन्धी नयाँ नीति ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने देखिएको छ । यतिखेर स्थल मार्गबाट नेपाल आउँने थुपै्र पर्यटकले नेपालको कार्यक्रम रद्ध गर्दे नयाँ गन्तब्यको खोजीमा लागेका छन् । यसले स्थलमार्गको नाका हुदै बार्षिक १ लाख ७० हजारको हाराहारीमा बिदेशी पर्यटक नेपाल आउने गरेका छन् । उनीहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनी आउने पर्यटकहरू धेरैले ई भिसा लिएर आउने गरेको पाईन्छ ।