June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण

अमेरिकी बेस क्याम्पमा रकेट आक्रमण

३ फागुन, काठमाण्डौ ।
इराकको ग्रामिण क्षेत्र किर्कुकमा रहेको अमेरिकी सुरक्षा फौजको बेस क्याम्पमा रकेट आक्रमण भएको छ । अमेरिकी के १ बेस क्याम्पमा स्थानीय समय अनुसार विहीबार पौने ९ बजे आक्रमण भएको एएफपीले जनाएको छ ।
तत्कालै अमेरिकाले हवाइ सर्च अभियान सुरु गरेको थियो । उक्त क्षेत्रमा गत डिसेम्बर २७ पछि पहिलो पटक रकेट आक्रमण भएको हो । त्यसबेला अमेरिकाले हिजबुल्लाह समूहलाई घटनाको आरोप लगाएको थियो । रकेट आक्रमणबाट मानवीय क्षति भएको वा नभएको भन्ने बारे कुनै विवरण बाहिर आएको छैन ।