April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

आँचल र प्रियंकाको विहेको मिति तय

आँचल र प्रियंकाको विहेको मिति तय

०३ फागुन, काठमाण्डौ ।
नेपाली सिने जगतका दुई चर्चित अभिनेत्री आँचल शर्मा र प्रियंका कार्कीको विहेको मिति तय भएको छ । प्रियंकाको फागुन १५ गते विवाह हुने पक्का भएको छ भने आँचलको विवाह फागुन २९ मा पक्का भएको छ ।
प्रियंकाले नायक तथा मोडल आयुष्मान देशराजसँग लगनगाँठो कस्न लागेकी हुन्। प्रियंका र आयुष्मानले एक बर्ष अगाडिनै ईङगेजमेन्ट गरीसकेका छन् भने केही समय अगाडि नायिका प्रियंकाले थाईल्यान्ड पुगेर ब्याचलर पार्टी मनाएकी थिइन। आँचल शर्माको विवाह डाक्टर उदिप श्रेष्ठ संग हुने भएको हो । आँचल उदीपसँग केही समयअघिदेखि प्रेममा छिन् ।