May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

ए डिभिजन लिगमा मच्छिन्द्रको ऐतिहासिक जित

ए डिभिजन लिगमा मच्छिन्द्रको ऐतिहासिक जित

फागुन ३, काठमाडौं
शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी मच्छिन्द्र फुटबल क्लबले उचालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १.० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो ।
विस २०६० सालमा पहिलो पटक ’ए’ डिभिजन लिगमा उक्लिएको मच्छिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । फाइनल सरह रहेको अन्तिम खेलमा मच्छिन्द्रको जितमा आर्मीको आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका हुन् । रञिजत धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बन्यो ।

कसले कति पाए ?
पहिलो : मछिन्द्र क्लब-५० लाख रुपैयाँ
दोस्रो : त्रिभुवन आर्मी क्लब ३५ लाख रुपैयाँ
तेस्रो : मनाङ मर्स्याङ्दी क्लब-२५ लाख रुपैयाँ
चौथो : थ्री स्टार क्लब- १५ लाख
पाँचौ : नेपाल पुलिस क्लब-७ लाख
छैटौं : जावलाखेल युथ क्लब- ५ लाख

यस्तै व्यक्तिगतर्फ उत्कृष्ट ५ जनाले १ लाख ५० हजार रुपैयाँ पाए ।
उत्कृष्ट गोलकिपर- दिप कार्की (मनाङ मर्स्याङ्दी क्लब)
उत्कृष्ट डिफेण्डर- अनन्त तामाङ (थ्री स्टार क्लब)
उत्कृष्ट मिडफिल्डर- विशाल राई ‘बी’ (मछिन्द्र क्लब)
उत्कृष्ट फरवार्ड-भरत खवास (त्रिभुवन आर्मी क्लब)
उत्कृष्ट प्रशिक्षक- प्रवेश कटवाल (मछिन्द्र क्लब)

मणि शाह युवा ईमर्जिङ खेलाडी (१ लाख रुपैयाँ )
दर्शन गुरुङ (एनआरटी)

फेयर प्ले टीम
थ्री स्टार क्लब  (१ लाख ५० हजार रुपैयाँ)