June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुनको मूल्य पुनः बढ्यो ।

सुनको मूल्य पुनः बढ्यो ।

०४ फागुन, काठमाण्डौ ।
नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ । साताको अन्तिम दिन शुक्रबार सुन प्रति तोलामा एक सय रुपैयाँले बढेर ७४ हजार ८ सय रुपैँया थियो ।
आइतबार छापावाल सुन तोलाको ७५ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलाको ८ सय ९० कायम गरिएको छ ।
नेपाली सुन चाँदी व्यवसाय संघले जनाएअनुसार सुनको मूल्य बढ्ने क्रम जारी नै रहेको छ ।