क्यान इन्फोटेक मेलामा दर्शकको भिड

क्यान इन्फोटेक मेलामा दर्शकको भिड

०४ फागुन, काठमाण्डौ ।
क्यान महासंघको आयोजनामा काठमाडौंमा शुक्रबार देखि जारी क्यान इन्फोटेक अवलोकन गर्ने अवलोकनकर्ताहरुको शनिबार भिड लागेको थियो । शनिबार ७५ हजार दर्शकले उक्त मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ ।
बुधबार सम्म सञ्चालन हुने २६ औं सस्करणको उक्त मेलामा १८६ वटा स्टल रहेका छन् । मेलामा अवलोकनकर्तालाई लक्षित गरी विभिन्न ब्रान्डले छूट र अफरको घोषणा गरेका छन् । अन्य स्टलको तुलनामा स्टार्टअप र इन्नोभेसनका स्टलमा अवलोकनकर्ताको संख्या कम भए पनि अवलोकनकर्ताका लागि सो जानकारीमूलक रहेको थियो ।
प्रदर्शनीमा विशेषगरी विद्यालय व्यवस्थापनसम्बन्धी सेवा दिने स्टार्टअप, टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने जस्ता इन्नोभेटिभ आइडियाहरू राखिएका छन् ।
त्यस्तै केही मोबाइल ब्रान्डले मेलाको क्रममा ५० प्रतिशतसम्म छूट दिइरहेका छन् । छूट र अफर घोषणा गरिएका स्टलमा प्रयोगकर्ताको भीड छ । इन्फोटेकमा अबलोकन कर्ताले एनसेलबाट १ रुपैयामा सिम ,१० मिनेटको निशुल्क टकटाईम ,१०वटा एसएमएस प्राप्त गर्न सक्नेछन् ।

क्यान इन्फोटेकमा साइबर सुरक्षासम्बन्धी सर्वे पनि गरिएको आयोजकले बताएको छ । क्यान महासंघले सेन्टर फर साइबर सेक्युरिटी रिचर्स एन्ड इन्नोभेसन काठमाडौंसँगको सहकार्यमा साइबर सुरक्षासम्बन्धी सर्वे तथा अनुसन्धान गरिरहेको छ ।
उक्त मेलामा प्रवेश टिकटलाई प्रभु पेबाट पनि लिन सकिने भएको छ । सुचना ,मनोरञ्जन सम्बन्धी उक्त प्रर्दशनी मेलामा ४ लाख भन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ ।