April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

महरा जेलमै रहलान या छुट्लान त आज ? साँझ सम्ममा फैसला आउने

महरा जेलमै रहलान या छुट्लान त आज ? साँझ सम्ममा फैसला आउने

०४ फागुन, काठमाण्डौ ।
पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको अभियोगबारे अन्तिम सुनुवाइ सुरु भएको छ । आइतबार बिहानबाट जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सरकारी पक्षका वकिलहरुको बहस सकिएर महरा पक्षका वकिलहरुले बहस गरिरहेको जानकारी दिएका छन् । यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको हो।