May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कुल १ अर्ब ४० करोड लगानीमा मोक्सी होटल निर्माण हँुदै

कुल १ अर्ब ४० करोड लगानीमा मोक्सी होटल निर्माण हँुदै

०४ फागुन, काठमाण्डौ ।
नेपालमा चेन होटल मेरियटको पाँच तारे मेरियट र तीन तारे फेयरफिल्ड सञ्चालन ल्याइरहेको एसएस ग््रुपले मेरिएटकै साढे तीनतारे स्तरको ‘मोक्सी’ होटल सञ्चानमा ल्याउन लागेको छ । कुल १ अर्ब ४० करोड रुपैँया लगानीमा एमएस ग्रुपले उक्त मोक्सी होटल निर्माण गर्न लागेको हो ।
अबको साढे २ वर्ष्भित्र सञ्चालनमा ल्याउने गरी साढे ३ तारेस्तरको मेरियटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढाइएको एमएस ग्रुपका उपाध्यक्ष सुमितकुमार अग्रवालले जानकारी दिए ।

नेपालमा चेन होटल मेरिएटको पाचतारे मेरिएट र तीनतारे फेयरफिल्ड सञ्चालमा ल्याएको एमएस ग्रुपले मेरिएटकै साढे तीनतारे स्तरको ‘मोक्सी’ सञ्चानमा ल्याउन लागेको एमएस ग्रुपले जनाएको छ ।
उक्त होटल १० तलाको हुनेछ जसमा १०१ देखि ११५ कोठासम्म रहनेछन् । देशका मुख्य सहरहरुमा मेरियट होटलको चेन विस्तारको योजना बनाएको एमएस ग्रुपले काठमाडौंको कमलादीमा थप अर्को होटल खोल्न लागेको हो ।