May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

रामपुरको तालपोखरामा डुङ्गा दौड प्रतियोगिता हुने

रामपुरको तालपोखरामा डुङ्गा दौड प्रतियोगिता हुने

०४ फागुन, काठमाण्डौ ।
तालपोखरा संरक्षण विकास समितिद्वारा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ । आयोजना हुन लागेको सो प्रतियोगिता फागुन ८ गते हुने भएको हो ।
भ्रमण वर्षलाई सफल बनाउन र रामपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा सहभागीले काठको डुङ्गा मात्र प्रयोग गर्नुपर्ने र एक डुङ्गामा दुई जनाले सहभागीता जनाउन पाउनेछन् । जसमा ताल वरिपरी डुङ्गामा दौडनु पर्नेछ जस्ले छोटो समयमा ताल पार गर्छ उसलाई विजेता गराइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले रू. सात हजार, द्वितीयले रू. पाँच हजार र तृतीयले रू. तीन हजार प्राप्त गर्नेछन् । शिवरात्री पर्वका अवसरमा डुङ्गा दौड र अन्य दिन रामपुर क्षेत्रका प्रचलित भजनकिर्तन, पूजापाठ, सांस्कृतिक कार्यक्रम गरेर मनाइने तयारी रहेको समितिले जनाएको छ ।