April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सुन आउनु र कफीसपमा आगो लाग्नु एकैपटक

सुन आउनु र कफीसपमा आगो लाग्नु एकैपटक

०४ फागुन, काठमाण्डौ ।
गत माघ २८ गते त्रिभुुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको कफीसपमा अचानक आगलागी हुनु र तेती बेला नै त्यो कफीसपका सञ्चालक सुवास श्रेष्ठको सेटिङमा आबुुधावीबाट ठूलो परिमाणमा सुन आएको सूचनाले सुरक्षा निकायमा ठूलो तरगं ल्याएको थियो ।
गत २८ गते बेलुुका सवा ८ बजे विमानस्थलको अन्तर्रा्ष्ट्रिय कक्षमा रहेको कफीसपमा लागेको आगो नियन्त्रणमा ल्याउँदा ८ः५० भइसकेको थियो । हुनत ८ः४० मा आएको हिमालयन एयरलायन्सको जहाजबाट ठूलो मात्रामा सुन आएको सूचना सुरक्षा निकायले पहिले नै थाहा पाइसकेको थियो । तर विमान आउँदा कफीसपमा आगो लागिरहेकोले सबैको ध्यान त्यता केन्द्रित रह्यो र त्यही मौका छोपेर एयरलाइन्सबाट आएको अवैध सुन लुसुुक्क बाहिरिएको आशंका गरिएको छ ।
तर सुनचाहीँ कहँीभेटिएको छैन ।
त्यस कफीसपका सञ्चालक सुुवास श्रेष्ठ यसअघि पनि सुन तस्करी र अवैध विदेशी मुद्राको कारोबारमा पक्राउ परिसकेका व्यक्ति हुुन् ।
यस अघी पनी २०७३ सालमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरीएको थियो ।