दशैंमा तीन फिल्म रिलिज हुने पक्का

दशैंमा तीन फिल्म रिलिज हुने पक्का

फागुन ५, काठमाडौं ।
निर्माताले फिल्म प्रर्दशनको लागि विदाको समय उचित मान्ने गर्दछन् । त्यही भएर निर्माताले दशैँ तिहार तथा अन्य विशेष दिन पारेर फिल्म रिलिजको समय मिलाउँने गरेका हुन्छन् । विशेष दिनमा फिल्म रिलिजको लागि प्राय निर्माता बिच तीव्र प्रतिस्पर्धा हुने गर्छ । निर्माताले दशैं विदामा फिल्म ल्याउँदा उचित मूनाफा कमाउन सकिने उदेश्यले फिल्म प्रदर्शनका लागि दशैं रोज्ने गरेका छन् । यस्तै रोजाइले दशैंमा निर्माता विच फिल्म रिलिज गर्ने मोह र प्रतिस्र्धा बढेर गएको छ । त्यही भएर आउँदो दशैंको लागि धरै अगाडि देखिनै प्रतिस्पर्धा हुन थालेको हो ।
त्यस्तै प्रतिस्पर्धा यतिखेर दशैं आउनु भन्दा झण्डै नैं महिना अगाडि नै शुरु भएको छ । आउँदो बर्षको फूलपातीमा तीन ठूला फिल्महरु बिच भिडन्त हुने देखिएको छ ।
आउँदो वर्षको दशैंको फूलपातीमा प्रदिप भट्टराइको निर्देशन रहेको मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने चलचित्रको प्रदर्शन आउँने भएको छ ।
त्यस्र्तै सोही समयमा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको फिल्म ‘छक्का पञ्जा ४’ को प्रदर्शन मिति पनि बुक गरिएको छ ।
नयिका झरना थापाले निर्देशन निर्माण गर्ने चलचित्र ‘ए मेरो हजुर ४’ पनि दशैंमा नै रिलिज हुने भएको छ । उक्त चलचित्रमा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा र अभिनेता सलोन बस्नेतले स्किृन सेर गर्दे छन् । सुनिल कुमार थापाले निर्माण गर्ने चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन फागुन दोस्रो साताबाट सुरु हुँदैछ ।