May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सोमबारको व्रत बसे हुनेछन यि फाइदा

सोमबारको व्रत बसे हुनेछन यि फाइदा

फागुन ०५, काठमाडौँ ।
आज सोमबार, भगवान शिवको व्रत बस्ने दिन । हिन्दु धर्मशास्त्रमा भगवान शिवलाई देवको पनि देव, महादेव भनेर चिनिन्छ । आजकाल उपवास वा व्रतलाई, आफ्नो भाकल र प्रतिज्ञा पुरा गर्नमात्र नभएर स्वास्थ्यको दृष्टीबाट पनी महत्वपूर्ण मानिन्छ ।
सोमबारको उपवासले ज्ञान प्राप्ति हुने, मानिसको इच्छा अनि आकंक्षा पूरा हुने विश्वास रहिआएको पाइन्छ ।
सोमबारको व्रत सूर्य उदयसंगै सुरु भएर सूर्य अस्ताएसँगै सकिन्छ । दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ । खाना बलुकाको आरती सकिएपछि खाइन्छ ।
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु भएतापनी तीन कथाहरु बढी चर्चित छन् ।
पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ, जसले शिवको व्रत पश्चात धन प्राप्त गरेका थिए । दोस्रो कथा एक धनी व्यापारीको छ । जसको छोरा थिएनन्, उनको लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो । उक्त छोराको शिव र पार्वतीको कृपाले पुर्नजन्म भएको थियो ।
तेस्रो कथा शिव र पार्वतीले खेलेको कौडा खेलसँग सम्बन्धित छ ।
व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे । कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्छ ।