April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सर्वसाधारणको ढाड सेक्दै मूल्यवृद्धिः र पनि सरकार भन्छ मूल्यवृद्धि छैन

सर्वसाधारणको ढाड सेक्दै मूल्यवृद्धिः र पनि सरकार भन्छ  मूल्यवृद्धि छैन

०५ फागुन, काठमाण्डौ ।
उपभोक्ताहरू कृत्रिम मूल्यवृद्धिको मारले रन्थनिएका छन् । तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी दिनकै बढीहेकै छ । यसरी अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । यति हँुदा हुँदै पनि बजार अनुगमन गर्ने सरकारी निकाय भने मूल्यवृद्धिबारे बेखबर छ मूल्यबृद्धिबारे अनभिज्ञता जनाउँदै पटकपटक गरिएको अनुगमनमा बजारभाउ नबढेको उसको दाबी छ ।
राष्ट्र बैंकको प्रतिवेदनले देखाएअनुसार, आर्थिक वर्ष २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले बढेको छ भने गैरखाद्यअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण आदिको ४ दशमलव २५ प्रतिशत मूल्यवृद्धि भएको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ ।
प्रतिवेदनअनुसार दलहन र रक्सीजन्य पेय पदार्थका साथैे मसला, दाल, गेडागुडी र फलफूलमा मूल्यवृद्धि आकाशिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१० प्रतिशत रहेकोे छ।
चालु आवको पहिलो ६ महिनासम्म सबैभन्दा धेरै ७.७४ प्रतिशतले तराईमा बजार भाउ बढेको छ । त्यसपछि काठमाडौं उपत्यकामा ७.२४, पहाडमा ५.३९ र हिमालमा ५.०१ प्रतिशत मूल्य बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । तर, गत मंसिर महीनादेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुग्न थालेको छ । भारतमा खाद्य वस्तुको मूल्य उच्च भएकाले नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकको अनुसन्धान विभाग बताउँछ । खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य आकासिएको छ । नेपालमा उपलब्ध हुने तरकारी आयातीत भएकाले यस्तो मूल्य बढेको बताउँछ अनुसन्धान विभाग ।
अनुगमनकारी निकायले पनि मूल्यलाई विशेष केन्द्रमा राखेर अनुगमन गरेको देखिँदैन । तरकारीको मूल्यकै कारण आम सर्वसाधारणको भान्छा तुलनात्मक रूपमा महँगो भएको छ । यसरी महँगी बढ्दै गएपछि उपभोक्ताहरू थप मारमा परेका छन् ।