May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कानूनमन्त्री बन्ने भइन् तुम्बाहाङफे, आजै शपथ ग्रहण गर्ने

कानूनमन्त्री बन्ने भइन् तुम्बाहाङफे, आजै शपथ ग्रहण गर्ने

०५ फागुन, काठमाण्डौ ।
निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे वार्गेनिङ गरेरै भएपनि अन्ततः कानून मन्त्री बन्न सफल भएकी छिन् । नेकपाले अग्नि प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उनले उपसभामुखबाट राजिनामा दिनु अगाडि नेकपा सचिवालायले गरेको निणर्यलाई समेत चुनौती दिदै राजिनामा दिन अस्विकार गरेकी थिइन् । दुबै अध्यक्षसँगको लामो कुराकानी पछि उनले उपसभामुखबाट राजिनामा दिएकी थिइन ।
उनलाई रिक्त भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाइने भएको हो ।
उनले आजै सपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
समाजवादी पार्टीका संयोजक उपेन्द्र यादबले सरकार छाडेपछि कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।