April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

दुई दिवसीय क्रिकेट आजदेखि सुरु

दुई दिवसीय क्रिकेट आजदेखि सुरु

०५ फागुन, काठमाण्डौ ।
आज सोमबार देखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुने यू १९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भए लगत्तै खेल सुरु भएको छ । उक्त प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन गरिने भएको आयोजकले जनाएको छ ।
उक्त सञ्चालन गर्न लागिएको दुई दिवसीय क्रिकेट प्रतियोगितामा ६ टोलीको सहभागीता रहने छ ।
सहभागी हुने समुह ‘ए’मा काठमाडौं, बालुवाटार र ओसिस तथा ‘बी’ मा वाईवाई हिमालय, नेक्सस र हिमालय क्रिकेट एकेडेमी रहेका छन् । समुहको शीर्ष दुई टोलीले उपाधिका लागी प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई अर्किड इन्टरनेसनल कलेजले मुख्य र बाग्मती प्रदेश खेलकुद परिषदले सहप्रायोजन गरेका छन् ।