May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

ग्लोबल आईएमई बैंकद्वारा आमा घरलाई सहयोग

ग्लोबल आईएमई बैंकद्वारा आमा घरलाई सहयोग

०५ फागुन, काठमाण्डौ ।
ग्लोबल आईएमई बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आमाघर सेवा आश्रम लाई सहयोग गरेको छ । आमाघर सेवा आश्रमको निर्माणाधीन भवनमा सोलार जडान गर्न रू. ३ लाख सहयोग गरेको हो ।
बैंकको बागमती प्रदेशका डेपुटी प्रदेश प्रमुख दीपेन्द्र कडरियाले शुक्रवार आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका पदाधिकारी, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।