June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

डिप्रेसनमुक्त भए पेलेः पेलेलाई धेरै नसोच्न र आनन्दपूर्वक जीवन बिताउन दिए चिकित्सकले सल्लाह

डिप्रेसनमुक्त भए पेलेः पेलेलाई धेरै नसोच्न र आनन्दपूर्वक जीवन बिताउन दिए चिकित्सकले सल्लाह

०५ फागुन, काठमाण्डौ ।
प्रसिद्ध फुटबल खेलाडी पेले डिप्रेसनमुक्त भए लगत्तै स्वस्थ देखिन थालेका छन् । ब्राजिललाई तेस्रोपटक विश्व च्याम्पियन बनाएपछि फुटबलबाट सन्यास लिएका पेले केही साता डिप्रेसनमा परि अस्पतालमा बसेका थिए ।
केही दिनअघि उनका छोराले आफ्नो बुबा ‘डिप्रेसन’का कारण अस्पताल भर्ना भएको मिडियालाई जानकारी दिएका थिए ।
अस्पतालबाट चिकित्सकले पेलेलाई कुनै गम्भीर समस्या नभएको केवल उनले आफूलाई तनावमा राख्दा डिप्रेसनको सिकार भएको बताएका छन् । चिकित्सकले पेलेलाई धेरै नसोच्न र आनन्दपूर्वक जीवन बिताउन सल्लाह दिएका छन् ।
पेले ३ विश्वकप जित्नेमा एक मात्र खेलाडी हुन्। पेलेले आफ्नो एकल प्रयासमा ब्राजिललाई विश्वकपमा ३ पटक १९५८, १९६२ र १९७० मा उपाधि दिलाएका थिए ।
उनी फिफाको शताब्दी खेलाडी र महान सदाबहार खेलाडीबाट सम्मानित भइसकेका छन्। पेलेले २१ वर्ष खेलाडी करिअरमा १ हजार ३ सय ६३ खेल खेलेका थिए।