सिटिजन्स बैंक र ई–सेवाबीच रेमिट्यान्स बिच सम्झौता

सिटिजन्स बैंक र ई–सेवाबीच रेमिट्यान्स बिच सम्झौता

०५ फागुन, काठमाण्डौ ।
सिटिजन्स बैंक इन्टरनेशनल र ई–सेवा मनी ट्रान्सफर बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार अब ई–सेवा मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको ८९ ओटै शाखाबाट भुक्तानी पाउन सकिनेछ ।
बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, विप्रेषण जस्ता सेवा प्रदान गर्दे आईरहेको छ् ।
साथै बैंकले कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।