June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अमेरिकन आइडलमा छनोट भए नेपाली युवक दिवेश

अमेरिकन आइडलमा छनोट भए नेपाली युवक दिवेश

०५ फागुन, काठमाण्डौ ।
विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा एक नेपाली युवक छनोट भएका छन् । सिंगिङ रियालिटी सो अमेरिकन आइडलमा काठमाडौंका दिवेश पोखरेल छनोट भएका हुन् ।
अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिदै, दिवेश अमेरिकन आइडलको अडिसनबाट अर्को राउन्डका लागि छनोट भएका हुन्।
हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका दिवेश स्टेजमा अर्थर गनका नामले चिनिन्छन् ।
प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरेका थिए ।