May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गणेशमान सिंह स्मृति बक्सिङ चैतमा हुने

गणेशमान सिंह स्मृति बक्सिङ चैतमा हुने

०५ फागुन, काठमाण्डौ ।
स्वर्गीय गणेशमान सिंहको स्मृतिमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी चैत १८ देखि २२ गतेसम्म हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने उक्त प्रतियोगिता चैतमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी गरी कुल ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।
जसमा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिने भएको छ ।
प्रदेश–१ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ । यस्तै, प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ । प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ ।