May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

केहीबेरमा रिहा हँुदै महरा, पाए सफाइ

केहीबेरमा रिहा हँुदै महरा, पाए सफाइ

०५ फागुन, काठमाण्डौ ।
काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । उनी केहीबेरमा रिहा हँुदैछन् ।रिहाइको प्रक्रिया पूरा गर्न उनलाई डिल्लीबजार कारागार लगिएको छ ।
आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दै राखिएको मुद्दाको सोमबार गरिएको फैसला महराको पक्षमा आएको हो।
महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए।
गत कात्तिकदेखि महरा डिल्लिबजार कारागारमा थुनामा छन् । यसअघि दुई महिनाअघि उच्च अदालत पाटनले पूर्वसभामुख महरालाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म पुर्पक्षका निम्ति थुनामा राख्न दिएको आदेश नै सदर गरिदिएको थियो।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते बलात्कार प्रयास गरेको अभियोग महरामाथि लागेको थियो।