April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बार्षिकोत्सवको अवसरमा नर्सिङ एजुकेशनद्वारा रक्तदान

बार्षिकोत्सवको अवसरमा नर्सिङ एजुकेशनद्वारा रक्तदान

०५ फागुन, काठमाण्डौ ।
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशनले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । इन्स्टिच्युटले आफ्नो १०औं बार्षिकोत्सवको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीले रक्तदान गरेका थिए । मानव जीवनका लागि बहुमूल्य रगतको कमीबाट कुनै पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमबाट ५६ पिन्ट रगत संकलन गरिएको थियो ।
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था हो ।