April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

महराले सांसद सो सोरह सेवा सुविधा पाउने,माला लगाएर विदाइ भए कारागारबाट

महराले सांसद सो सोरह सेवा सुविधा पाउने,माला लगाएर विदाइ भए कारागारबाट

०५ फागुन, काठमाण्डौ ।
जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा पाउने भएका छन् । महराको सांसद पद पनि पुर्नस्थापित हुने भएको छ।
बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए। अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुन संसदमा प्रवेश गर्न पाउनेछन्।
निर्दोष ठहर भएपछी निवर्तमान सभामुख कृष्णबहादुर महराअहिले कारागारबाट माला लगाएर विदाइ भएका छन् ।उनलाइ स्वागत गर्न कार्यकर्ताहरु डिल्लीबजार पुगेका छन् ।

उनलाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर निवासतर्फ लगेको हो। उनी ढाका टोपी र कोटमा सजिएर जेलबाट निस्किएका छन् ।