June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

मर्जर पछी कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

मर्जर पछी कालिका लघुवित्तको शेयर कारोबार फुकुवा

०५ फागुन, काठमाण्डौ ।
कालिका लघुवित्त वित्तीय संस्थाको मर्जर प्रयोजनको लागि रोक्का रहेको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । मर्जर प्रयोजनका लागि रोकिएको शेयर कारोबार मर्जरपछि कायम शेयर सूचीकरण भएपछि फुकुवा गरेको हो ।
कम्पनीले साविक जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जर कार्य थालनी गरेको थियो । मर्जर गर्दा कायम हुन आएको १४ लाख ४३ हजार ३०० कित्ता शेयर कारोबार हुन सक्ने गरी सूचीकृत गरिसकेको छ । यसअघि कम्पनीको १० लाख ८० हजार कित्ता शेयर सुचिकृत रहेकोमा थप कित्ता सहित कुल सुचिकृत शेयर २५ लाख २३ हजार ३०० कित्ता पुगेको छ ।