May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नेपालको वैदेशिक व्यापार सुधारोन्मुखः निर्यात बढ्दा आयात घट्यो

नेपालको वैदेशिक व्यापार सुधारोन्मुखः निर्यात बढ्दा आयात घट्यो

०६ फागुन, काठमाण्डौ ।
नेपालको वैदेशिक व्यापार सुधारोन्मुख हुँदै गएको छ । वैदेशिक व्यापार घाटा न्यून हुन नसकेपनि निर्यात बढ्दा आयात घटेको एक तथ्याङकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकले नेपालको निर्यात व्यापार सुधारकै गतिमा अघि बढेको देखाएको हो ।
विभागको तथ्यांक अनुसार नेपालबाट अन्य देशमा गरिने वस्तु तथा सामानको निर्यात अघिल्लो आवको भन्दा बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । जवकी, अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ३० दशमलव ५ प्रतिशतले बढेको थियो ।
आयातमा कमी आएसँगै व्यापार घाटा स्वतः कम भएको हो । निर्यातमा वृद्धि र आयातमा कमी आएसँगै वैदेशिक व्यापार घाटामा केही सुधार हुन थालेको तथ्यांकले देखाएको छ ।
नेपालबाट निर्यात धेरै हुने वस्तुमा पाम तेल, अलैंची, जुटका सामान, आयुवेर्दीक औषधी, दाल लगायतका वस्तु रहेका छन् । त्यस्तै, जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायतका वस्तुहरुको निर्यात भने घटेको छ । निर्यातमा २२ प्रतिशत हिस्सा पाम तेलको रहेको छ । पुस २३ गतेबाट भने भारत सरकारले पाम तेलको आयातमा प्रतिवन्ध लगाएसँगै निर्यात वृद्धिदरमा असर पारेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ३० दशमलव ५ प्रतिशतले बढेको थियो ।
वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढ्दा एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटामा केही संकुचन आएको छ । आर्थिक वर्ष २०७६।०७७ को छ महिनामा कुल वस्तु व्यापार घाटा ६ दशमलव एक प्रतिशतले संकुचन भएको छ ।