April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

पर्यटक संख्या वृद्धि गर्न महायज्ञ तथा महोत्सव हुने

पर्यटक संख्या वृद्धि गर्न महायज्ञ तथा महोत्सव हुने

०६ फागुन, काठमाण्डौ ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरि रौतहटको मौलापुरस्थित पतौरमा आयोजना गर्न लागिएकोे मधानी महायज्ञ तथा साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ । करिब एक हजार वर्षअघि निर्माण भएको मन्दिरको प्रचार गर्ने र ऐतिहासिक, साँस्कृतिक, धार्मिक पर्यटक भित्र्याउने महायज्ञको प्रमुख उदेश्य रहेको आयोजकले जनाएको छ ।
पहिले देखि नै मनाइदै आएको मधानी साँस्कृतिक पर्व कुनै ठाउँमा लोप हुँदै जान लागेकाले यसको प्रचार र प्रवद्र्धन गर्न कर्नाटककालीन शिवको मन्दिर फेला परेपछि सो स्थानमा महायज्ञ तथा महोत्सव आयोजना हने भएको हो ।
मन्दिरको इँटा, मूर्ति, अन्य निर्माण सामग्री अध्ययन गर्दा कर्नाटककालीन दरबार तथा मन्दिर रहेको पाइएको हो । उक्त मन्दिर फेला परेपछि सो मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने योजना सहित त्यहाँ रहेका घर अन्यत्र सारिएको छ ।
मन्दिरको सौन्दर्यकरण, पुरातात्विक महादेव मन्दिर जाने बाटोको स्तरोन्नति, खानेपानी, दर्शनार्थीका लागि वासको व्यवस्था, मन्दिर परिसरमा विद्युतीकरण, सीसीटीभी जडान, सभास्थल, मेलास्थल र पूजाका लागि मण्डप निर्माण भएको मौलापुर नगरपालिकाका मेयर रिनादेवी साहले जनाएकी छिन् ।
उक्त महायज्ञ तथा महोत्सवमा नेपाल तथा भारतका विभिन्न चर्चित कलाकार सहभागी हुने भएका छन् । साथै महायज्ञमा नेपालका विभिन्न जिल्ला र भारतका समेत गरि हजारौं पर्यटक सहभागि हुने अपेक्षा गरिएको छ ।