June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटीयो

सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटीयो

०६ फागुन, काठमाण्डौ ।
हामी सहजै अनुमान लगाउन सक्छौ जब कोही लुट्ने नियत राखेर घरभित्र प्रवेश गर्छ भने उसले पक्कै पनि महंगो सामान नै लुट्छ । अझ त्यो चोर सुपरमार्केटमा छिर्यो भने के चोर्ला शायदै उसले महंगो सामान नै चोर्ला तर हङकङको एक सुपरमार्केटमा भने हालै चोरीको अनौठौ घटना घटेको छ । हङ्कङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको खबर प्राप्त भएको छ ।
कोरोनाभाइरसको सन्त्रास फैलिइरहेको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले ट्वाइलेट पेपरको चरम अभाव छ ।
मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट सोही अभावबाट बच्न ट्वाइलेट पेपर पेपर लुटेका हुन् ।
हङकङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ । एजेन्सी ।