April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सुनको मूल्यमा नयाँ रेकर्डः सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार हुदै

सुनको मूल्यमा नयाँ रेकर्डः सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार हुदै

०६ फागुन, काठमाण्डौ ।
पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यो अहिले सम्मकै उच्च मूल्य हो । यसअघि गएको पुस २३ गते ७६ हजार ५ सय सम्म पुगेको थियो ।
सोमबार सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज २ सय रुपैयाँ बढ्दै मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
चीनबाट फैलिएको कोरोना भाइरसको प्रभावले विश्व बजारमै सुनको मूल्यमा प्रभाव पारेको व्यावसायीहरु बताउँछन् ।
आज चाँदीको मूल्य भने सोमबारकै ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।