May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव आयोजना हुने

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव आयोजना हुने

०६ फागुन, काठमाण्डौ ।
ताप्लेजुङमा फागुन ९ गतेदेखि १३ गते सम्म पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । ताप्लेजुङको मुख्य पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका साथै मेची अञ्चलको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य सहित उक्त म्याराथन तथा पर्यटन महोत्सव २०७६ सञ्चालन गरिने आयोजक समितिले जनाएको छ ।
करिब ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा सुन्दरताले भरिपुर्ण रहेको छ । ताप्लेजुङसँग कञ्चनजंघा र पाथीभरा लगायतका वरिपरिको मनोरम दृश्यले पर्यटकहरू आकर्षण गर्ने गरेको पाइन्छ । विश्वमै सुन्दर कहलिएको सिंहलिला हिमश्रृंखला , कञ्चनजंघा क्षेत्र र त्यहाको रमणीय ठाउँहरूले पर्यटन विकाशमा बिशेष योगदान पु¥याएको छ ।
त्यस्तै जैबिक विविधता सास्कृतिक अनेकता रहेको पाथीभरामा नेपालको पूर्वी भागका श्रद्धालुहरूमात्र नभई कालेङ्पोङ, दार्जि्लिङ, सिक्किम, आशामलगायत भारतका विभिन्न ठाउँका श्रद्धालुहरू पनि पाथीभरा देवीको दर्शन गर्न आउने गरेको आयोजकको भनाई रहेको छ ।
लिम्बूहरूको पवित्र भूमि फक्तालुङ र बौद्धमार्गीहरूको करिब ४ सय ७५ वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा पनि यसै जिल्लामा पर्छ भने ताप्लेजुङमा ३ सय प्रजातिका चराहरू, २८ प्रजातिका लालीगुराँस र १ सय ७१ प्रजातिका सुनाखरी पाइन्छ । हालसम्म ताप्लेजुङमा १ हजारभन्दा बढी प्रजातिका फूलहरू फुल्ने बिरुवाहरू पाइएका छन् । जसमध्ये कञ्चनजंघा क्षेत्रमा मात्र ८ सय १० प्रजातिका बिरुवाहरू फेला परेका छन् ।
यि विविध पर्यटकीय आकर्षक पर्यटकीय गन्तव्य तथा पर्याटकीय आकर्षणका स्थल र सांस्कृतिक अनेकतामा समृद्ध हुँदाहुँदै पनि आन्तरिक वा बाह्य पर्यटकका लागि अझै किन आकर्षक गन्तव्यस्थल बन्न सकेन भनेर प्रचार–प्रसार गर्ने तथा ताप्लेजुङका पर्यटकीय गन्तव्यस्थल चिनाउन उक्त महोत्सव आयोजना गरिएको हो ।
महोत्सवका लागि करिब ९२ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।