भारतहुँदै तेस्रो मुलुक जान नेपाली दूतावासको कडाई

भारतहुँदै तेस्रो मुलुक जान नेपाली दूतावासको कडाई

फागुन ०६, काठमाडौं ।
भारतीय विमानस्थल हुँदै ठूलो संख्यामा घरेलु कामदार खाडीका विभिन्न मुलुकहरूमा तस्करी गरी पठाउने प्रवृद्धि बढेपछि भारतको नयाँदिल्लिस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुक नउड्न नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले मध्यपूर्वका साउदी अरब, कुवेत, इराक, लिविया, लेवनान, ओमान र बहराइन जस्ता देशमा जानको लागि भारतीय विमानस्थल प्रयोग गरी जाने क्रम बढेसँगै नेपाली दूतावासल यस्तो आग्रह गरेको हो ।
आग्रहमा भारत हुँदै तेस्रो मुलुक जान नेपालीलाई रोक लगाइएको स्मरण गराउँदै दूतावासले अनिवार्य रूपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गरेको छ ।
तेस्रो मुलुक जान नेपालीलाई भारतले गरेको आग्रह पालना नभएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले पुनः त्यसबारे स्मरण गराएको हो ।
दूतावासले स्मरण गराउँदै भनेको छ, ‘भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले सम्बन्धित कामदारको राहदानीमा प्रस्थान अनुमतिको छाप लगाएको हुनुपर्ने छ । स्थलमार्गबाट जाने नेपालीको पासपोर्टमा प्रस्थान अनुमतिको छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेकाले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान आग्रह गरिन्छ ।’