May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पाटी एकीकरणपछि नेकपाको लेविमा पनि एकता

पाटी एकीकरणपछि नेकपाको लेविमा पनि एकता

फागुन ०६, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका मन्त्री, सांसद तथा नेता, कार्यकर्ताको लेबीमा एकरूपता ल्याएको छ  । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएको २१ महिनापछि यस्तो एकरूपता ल्याएको हो । फागुन १ गतेदेखि लागू हुने गरी नेकपाका हरेक सांसदले मासिक १२ हजार बुझाउनुपर्ने भएको छ ।
अहिले केन्द्रीय कमिटीको बैठकपछि जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार सङ्घीय संसद्का सदस्यहरूका लागि मासिक लेबी १२ हजार तोकिएको छ ।
यसअघि तत्कालीन एमालेका सांसदहरूले मासिक १३ हजार र तत्कालीन माओवादी केन्द्रका सांसदहरूले मासिक १२ हजार रुपियाँ लेबी पार्टीलाई बुझाउँदै आएका थिए ।
साथै पूर्णकालीन केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूका लागि मासिक रूपमा निर्वाह खर्चको प्रबन्ध गरिने अन्तरपार्टी निर्देशनमा उल्लेख भएअनुसार तेवी तोकिएको हो ।
महानगर र कमिटीको मर्यादा जिल्ला कमिटीसरह र उपमहानगर कमिटीको मर्यादा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीसरह हुने विधानको व्यवस्थाको व्याख्या र प्रयोग कसरी गर्ने भनी त्यसको सचिवालयमा छलफल गरी समाधान गरिने बताइएको छ ।