June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपाल पोल्ट्री अन्तर्रा्ष्ट्रिय प्रदर्शनी २०२० सञ्चालन हुने

नेपाल पोल्ट्री अन्तर्रा्ष्ट्रिय प्रदर्शनी २०२० सञ्चालन हुने

०६ फागुन, काठमाण्डौ ।
नेपाल पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड एन्ड इभेन्ट प्रालिको सहकार्यमा नेपालकै सबैभन्दा ठूलो ‘नेपाल पोल्ट्री अन्तर्रा्ष्ट्रिय प्रदर्शनी–२०२०’ सञ्चालन हुने भएको छ । नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यवसायिक विकास गर्ने उद्देश्यले चितवनमा फागुन १६, १७ र १८ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिकयन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका क्षेत्रहरुलाई उच्च परिचय दिई अन्तराष्ट्यि स्तरमा चिनाउने उदेश्य रहेको छ ।
त्यस्तै नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यावसायिक परिचय दिई अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशमा भइरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरू नेपालमा भित्र्याउने महत्वपूर्ण वातावरण बनाउन नेपालपोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठूलो अन्तर्रा्ष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागेकोे बताएको छ ।

उक्त प्रर्दशनीमा नेपालीपोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेसाकर्मी तथा समग्र किसान वर्गको प्रत्यक्ष संलग्नतामा रहने छ । त्यस्तै विभिन्न देशहरूका पोल्ट्री कम्पनीहरूको सहभागीता रहने भएको छ ।
पोल्ट्री महासंघअन्तर्गतका विभिन्न संघ–संस्थाहरूका प्रत्यक्ष सहभागितामा पोल्ट्री सम्बन्धी गोष्ठी, बैठक, अन्तरक्रिया आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल भेटेरिनरी संघको सहकार्यमा ४ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको आयोजना रहने कार्यक्रम छ ।