वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

०६ फागुन, काठमाण्डौ ।
सिद्धार्थ बैंक लिमिटेडले काभ्रेको बनेपामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी व्यवसायदर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा सो क्षेत्रका ४५भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । कार्यक्रममा देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, बिशेष गरि बैंकिङ कर्जा सम्बन्धि जानकारी प्रदान गरिएको थियो ।
देशभर १८० वटा शाखा मार्फत सेवा गर्दै आएको बैंकले आगामी दिनहरुमा यस किसिमका वित्तिय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्दै जाने जनाएको छ ।