May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

फिल्म फेस्टिभलमा ‘बुलबुल’ ले पायो सर्वाधिक अवार्ड

फिल्म फेस्टिभलमा ‘बुलबुल’ ले पायो सर्वाधिक अवार्ड

०६ फागुन, काठमाण्डौ ।
विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ६ वटा विधामा अवार्ड जितेको छ । सोमवार समापन भएको फेस्टिभलमा चलचित्र ‘बुलबुल’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो ।
नेपालको तर्फबाट अस्कार अवार्डमा समेत सहभागिता जनाएको ‘बुलबुल’ ले उक्त फेस्टिभलबाट निफको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ हात पारेको छ । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर पाएको छ ।
चलचित्रबाट निर्देशक विनोद पौडेलले पटकथा र निर्देशकको विधामा अवार्ड प्राप्त गरेका थिए । त्यस्तै स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड प्राप्त गरेकी थिईन् । जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले प्राप्त गरेका छन् ।
फेस्टिभलमा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले प्राप्त गर्दा इन्टरनेसनल सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ ले प्राप्त गरेकी थिईन् ।