विपन्न वर्गमा बैंकहरुले कर्जा लगानी बढाए

विपन्न वर्गमा बैंकहरुले कर्जा लगानी बढाए

फागुन ०७, काठमाडौँ ।
विपन्न वर्ग क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा लगानी बढाएका छन् । चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले ३० खर्ब ८९ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेकोमा विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानको लागि सञ्चालन हुने स्वरोजगारमूलक लघु उद्यमहरु सञ्चालन गर्न त्यसको ६ दशमलव ७२ प्रतिशत अर्थात् एक खर्ब ८९ अर्ब ९१ करोड १० लाख रुपैयाँ कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन् ।
सामाजिकरुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा सानाकिसान, कालिगढ, मजदुर र भूमिहीन परिवारलाई बैंकले लगानी बढाएका हुन् ।
गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो कुुल कर्जाको ६ दशमलव ६३ प्रतिसत कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका थिए ।
चालू आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरुको मात्र २९ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप बाट २६ खर्ब ७० अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको ६ दशमलव २४ प्रतिशत अर्थात जसमध्ये १ खर्ब ५३ अर्ब एक करोड ५० लाख रुपैयाँ विपन्न बर्गमा कर्जा प्रबाह गर्ने भएका छन् । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले ६ दशमलव ३१ प्रतिशत अर्थात् एक खर्ब २१ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
चालू आर्थिक वर्षको पाँच महिनामा विकास बैंकहरुको चार खर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन बाट तीन खर्ब ४३ अर्ब ४० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । विपन्न वर्गमा ३१ अर्ब ३७ करोड १० लाख रुपैयाँ कर्जा प्रबाह गर्ने भएका छन् । यो कुुल कर्जाको १० दशमलव २६ प्रतिशत हो । गत आवको सोही अवधिमा भने विकास बैंकले २४ अर्ब ४८ करोड नौ लाख ८० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
गत आवको पाँच महिनाको तुुलनामा चालू आवको पाँच महिनामा फाइनान्स कम्पनीहरुको पनि कर्जा लगानी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा फाइनान्सहरुले ७९ अर्ब ९९ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब २२ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भने विपन्न वर्ग क्षेत्रमा मात्र पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो कर्जा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुुल कर्जा रकमको आठ दशमलव ५६ प्रतिशत हो । गत आर्थिक वर्ष तीन अर्ब २६ करोड ३५ लाख ४० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेको थियो ।
चालु आर्थिक वर्षको पछिल्लो पाँच महिना बैंकहरुको कुल कर्जा लगानी ३० खर्ब नाघेको छ् । २७ ओटा बाणिज्य बैंक, २४ वटा बिकास बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २२ वटा फाईनान्स कम्पनी सहित कुुल ७२ बैक तथा बित्तीय संस्थाहरुले चालुु आवको पाच महिना सम्ममा ३० खर्ब ८९ अर्ब ८० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेका हुन । बैंकिङ क्षेत्रको यो कर्जा लगानी गत आवको सोही अवधिको तुुलनामा झण्डै चार खर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहीअवधिमा बैंक तथा फाइनान्सले कुुल कर्जा लगानी २६ खर्ब ६५ अर्ब २८ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।